बैतडी –बैतडीमा कपडा बैंक खोल्ने योजना अघि सारिएको छ । बि फाइन क्लबले सरोकारवालाहरुसंग छलफल गरेर कपडा बैंक खोल्नका लागि आवश्यक पहल चाल्ने निर्णय गरेको हो ।
बैंक तथा बित्तीय संस्था, लघुबित्त बित्तीय संस्था र बिमा कम्पनीमा काम गर्ने कर्मचारीहरु सदस्य रहेको बि फाइन क्लबले सामाजिक कार्यमा जोड दिने निर्णय गरेको क्लबका बैतडी कोषाध्यक्ष बिष्ना चन्दले जानकारी दिइन् ।
शुक्रबार क्लबका अध्यक्ष शिवराज भट्टको अध्यक्षतामा बसेको बैठकले गरीब नागरिकलाई कपडा बैंक मार्फत कपडा उपलब्ध गराउने उद्देश्यका साथ कपडा बैंक खोल्नका लागि पहल गर्ने निर्णय भएको हो ।
यसका क्लबले बैंक तथा बित्तीय संस्था, लघुबीत्त बित्तीय संस्था र बिमा कम्पनीमा कार्यरत कर्मचारीहरुको हकहितका लागि काम गर्ने कोषाध्यक्ष चन्दले बताइन् । केही दिन पहिला गठन भएको क्लबले सामाजिक कार्यलाई अगाडि बढाउने लक्ष्य राखेको उनले बताइन् ।




