Sagun Khabar
अछाममा हायस दुर्घटना
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम- अछाममा हायस दुर्घटना भएको छ ।  विहिबार बिहान अछामको सदरमुकाम मंगलसेन स्थित जिल्ला कारागार कार्यालय तल्तिर अस्पताल जाने बाटो नजिकै हायस दुर्घटना भएको हो ।  

हायस  दुर्घटना हुँदा गाडी चालक कमलबजार नगरपालिका ५ का अन्दाजी ३० वर्षीय श्याम खत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए ।

कमलबजार नगरपालिका वडा नम्बर ५ का गाडी मालिक नरेश शाहीको लु २ ख ६४८० नम्बरको हायस अनियन्त्रित भएर दुर्घटना भएको बिष्टले बताए। गाडीमा अन्य यात्रु नरहेको प्रहरी निरीक्षक बिष्टले बताए। घाइते भएका चालक खत्रीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update