Sagun Khabar
बैतडीमा बर्षाले रोकिएको महिला क्रिकेट आजदेखि फेरी शुरु 

बैतडी –बर्षाका कारण प्रभावित भएको महिला टि–२० क्रिकेट प्रतियोगिता बैतडीमा आजदेखि पुनः सुचारु भएको छ । मंगलबार र बुधबार बर्षाका कारण अवरुद्ध भएको क्रिकेट प्रतियोगिता मौसममा सुधार भएसंगै आजदेखि सुचारु भएको प्रतियोगिता संयोजक बिरसिंह बोहराले बताए । 

शहीद दिवसको पूर्वसन्ध्यामा दशरथचन्द नगरपालिका र नगर खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेको हो । नगरका सात टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले रु २५ हजार तथा  उपविजेताले रु १५ हजार प्राप्त गर्ने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update