Sagun Khabar
बैतडीमा महिला टि–२० क्रिकेट : बिहीबारको खेलमा दनपा २ र दनपा १० को जित 

बैतडी –बैतडीमा जारी महिला टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज (बिहीबार) दुई खेल सम्पन्न भएका छन् । बर्षाका कारण मंगलबार र बुधबार प्रतियोगिता अन्तर्गत खेल हुन नसकेकोमा बिहीबारदेखि पुनः खेल सुचारु भएका प्रशिक्षक दीपक बोहराले बताए । 

प्रतियोगिता अन्तर्गत आज भएका खेलमा दशरथचन्द नगरपालिका वडा नं २ को टीम र दशरथचन्द नगरपालिका वडा नं १० को टीमले जित हात पारेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

आज भएको पहिलो खेलमा दनपा २ को टीमले दनपा ५ को टीमलाई ६५ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै दनपा २ को टीमले ६ विकेटको नोक्सानीमा १४३ रन बनाएको थियो । उसका लागि पिंकी बोहराले ३१ र मनिषा बोहराले २७ रन बनाइन् । 

१४४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ५ को टीमले १५ ओभर खेल्दै ७८ रन मात्रै बनाउन सक्यो । सो खेलमा दनपा २ की मनिषा बोहरा वमेन अफ द म्याच घोषित भइन् । 

आजै दनपा १० र दनपा ११ बीच भएको दोश्रो खेलमा दनपा १० विजयी भएको छ । पहिले ब्याटिङ गरेको दनपा ११ ले १५ ओभर खेल्दै ८ विकेटको नोक्सानी ८७ रन बनायो । उसका लागि निर्मला भण्डारीले २२ रन बनाइन् । 

८८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा १० ले १२.१ ओभर खेल्दै ५ विकेटले जित हात पार्यो । सो खेलमा दनपा १० की रितु बुडाल वमन अफ द म्याच घोषित भइन् । 

शहीद दिवसको पूर्वसन्ध्यामा दशरथचन्द नगरपालिका र नगर खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेको हो । नगरका सात टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले रु २५ हजार तथा  उपविजेताले रु १५ हजार प्राप्त गर्ने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update