Sagun Khabar
नेपालका आसिफ शेखलाई ‘आईसीसी स्पिरिट अफ क्रिकेट’ अवार्ड

काठमाण्डौं –नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड अर्थात् उच्च खेल भावना अवार्ड प्राप्त गरेका छन् । आईसीसीले आसिफलाई स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गरेको जनाएको छ । 

गएको वर्ष फागुनमा ओमानमा भएको चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा आयरल्यान्डसँगको खेलमा देखाएको खेल भावनाले आसिफले यो अवार्ड जितेका हुन् ।

आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममा मैदानमा लड्न पुगेपछि आसिफले रन आउट गरेका थिएनन् । यो खेलमा देखिएको उच्च खेल भावनाको यस वर्ष सर्वाधिक चर्चा र प्रशंसा भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update