Sagun Khabar
बैतडीमा महिला टि–२० क्रिकेट प्रतियोगिता : दशरथचन्द र थालिगडा विजयी  

बैतडी – शहीद दिवसको पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत आज सम्पन्न खेलमा दनपा ५ दशरथचन्द र दनपा ६ थालिगडा विजयी भएका छन् ।

पहिलो खेलमा दनपा ५ले दनपा ११ नागार्जुनलाई विकेटले हरायो । ९८ रनको सामान्य लक्ष्य दशरथचन्दले निर्धारित १३.४ ओभरमा ४ विकेटको क्षतीमा पूरा गर्याे । जसमा लक्ष्मी महरले सर्वाधिक ४९ रनको योगदान गरिन् । नागार्जुनका लागि निर्मला भण्डारीले २ विकेट हात पारिन्।

त्यसअघि निङ्लाशैनी क्रिकेट मैदान,देहिमाडौंमा पहिला ब्याटिङ गरेको नागार्जुन १७.३ ओभरमा ९७ रनमा समेटियो । जसमा प्रिति भण्डारी,निर्मला भण्डारी र अस्मिता भण्डारीले १३÷१३ रन बनाए । 

स्वास्थ्य सन्देश
Atrya hospital

दशरथचन्दकी लक्ष्मी महर ओम्यान अफ द म्याच चुनिएकी प्रशिक्षक दिपेन्द्र बहादुर बोहराले जानकारी दिए ।

यस्तै दोस्रो खेलमा दनपा ६ थालिगडाले दनपा ९ ग्वाल्लेकलाई ६ विकेटले पराजित गर्यो । ग्वाल्लेकले दिएको ७९ रनको लक्ष्य थालिगडाले ९.५ ओभरमा ४ विकेटको क्षतीमा पूरा गर्याे । जसमा हिरा चन्दले सर्वाधिक २६ रनको योगदान गरिन् ।  

त्यसअघि पहिला ब्याटिङ गरेको ग्वाल्लेकले तुलसी जोशीको २५ रनको मद्दतमा ११.५ ओभरमा ७८ रनमा अलआउट भयो । सो खेलमा थालिगडाकी दिपिका पेला ओम्यान अफ द म्याच भइन् । 

दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगरखेलकुद विकास समितिको आयोजनामा माघ ९ गतेदेखि शुरू भएको प्रतियोगिता माघ १७ गते सम्पन्न हुनेछ ।

नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र,द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए  ।

यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेनलाई १५÷१५ सय, अनुशासित टीमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि र प्रमाण पत्र दिइने जनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update