Sagun Khabar
बैतडीमा महिला टि–२० क्रिकेट : आज सेमीफाइनलका खेल हुँदै  

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय महिला टि—२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलका खेल हुँदैछन् । निङ्गलाशैनी क्रिकेट मैदान देहीमाण्डौंमा हुने पहिलो सेमिफाइनलमा दनपा २ देहिमाडौं र दनपा ६ थालिगडा भिड्ने नगर खेलुकद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए । यस्तै दोस्रो सेमिफाइनलमा दनपा ८ त्रिपुरा र दनपा १० बाराकोट भिड्ने उनले बताए । 

शहीद दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल भोलि हुने जनाइएको छ । नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफी,मेडल र प्रमाण पत्र,द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफी मेडल र प्रमाण पत्र रहेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेनलाई १५÷१५ सय, अनुशासित टीमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाण पत्र दिइने जनाइएको छ ।

प्रतियोगिताको समापन समारोहमा दशरथचन्द नगरपालिकाभित्र रहेका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिने प्रशिक्षक दीपक बोहराले बताए । 
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update