Sagun Khabar
अछामको जयगढस्थित एक मोटर अटो पार्टसमा आगलागी 

अछाम –अछामको जयगढ बजारस्थित एक मोटर अटो पार्टस एण्ड सप्लायर्समा अगलागी भएको छ । 
जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–३ जयगढ बजारस्थित नृप खड्काको मोटर अटो पार्टस एण्ड सप्लायर्समा बिहीबार राति आगलागी भएको अछाम प्रहरीले जनाएको  छ । 

आगलागीको कारण र क्षतिको विवरण अहिले सम्म खुल्न नसकेको प्रहरीले बताएको छ । घटनाका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update