
बैतडी- बैतडीको सिगास गाउँपालिका वडा नं ६ का मानसिंह धामीले मजदुरी गरेको ज्याला पाएका छैन्न। तीन वर्ष पहिले नेपाल टेलिकमको टावरमा काम गरेरका मान सिंह धामीले अहिले सम्म ज्याला नपाएका हुन् ।
आफुले नेपाल टेलिकमको टावरमा काम गरेको करिब १६ हजार रुपैँया अझै नपाएको उनले दुखेसो पोखेका छन् । वडा नं ६ को गुगूड्याधारमा निर्माण भइरहेको नेपाल टेलिकमको टावरमा काम गरेका धामीले सबै कामदारले ज्याला पाएको तर आफुले नपाएको बताए ।
तीन वर्ष पहिले भारतीय ठेकेदार निशान्त शर्माले काम गराएको टावरमा मानसिंहले पनि काम गरेक थिए । ठेकेदारले काम गरेका मजदुरहरुको ज्याला अहिलेका वडा अध्यक्ष तेज साउदलाई नेपालगञ्ज बोलाएर दिएका थिए । वडा अध्यक्षले आएर अन्य मजदुरको ज्याला दिएपनि आफनो मात्रै नदिएको उनले बताए ।
वडा अध्यक्ष तेज साउदले भने आफुलाई नेपालगञ्ज मगाएर ठेकेदारले २७ जनाको ज्याला दिएको तर उनी छुटेकोले पहल भइरहेको बताए । काम गराउने ठेकेदार अहिले सम्पर्क विहिन छन् । ज्याल माग्न फोन गर्दा ठेकेदारले नउठाएको मानसिंहले बताए ।
घर खर्च चालाउन का गरेको भएपनि ज्यला नपाँउदा अहिले समसया भएको उनको भनाई छ । वडा अध्यक्षले अहिले पनि ठेकेदार संग छुटेका मजदुरको ज्यालाका लागि कुरा भइरहेकाले आफु काम गरेको पारिश्रामिक दिलाउने बताए ।