Sagun Khabar
सुदूरपश्चिममा पुनः कोरोना संक्रमण देखिँदै, सात जनामा कोरोना पुष्टि 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –सुदूरपश्चिम प्रदेशमा पुनः कोरोना भाइरसको संक्रमण देखिन थालेको छ ।बुधवार गरेको स्वास्थ्य परीक्षणमा  ७  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । पछिल्लो २४ घन्टमा तीन सय ४१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गर्दा सातजनामा कोरोना पुष्टि भएको हो । 

कोरोनाको संक्रमण दर केही बढे पनि रोगले हुनेको मृत्यु दर भने शून्य रहेको छ । 

कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूरपश्चिममा छ लाख ४१ हजार आठसय ४४ को नमुना परीक्षण गरिसकिएको निर्देशनालयले जनाएको छ । परीक्षण गरिएका मध्ये  ६१ हजार नौ सय चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update