बैतडी- बिसु पर्वको अवसरमा बैतडीका विभिन्न मन्दीरहरुमा भव्य मेला लागेको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ स्थित सनसेरीमाण्डौँमा बिहानैदेखि मेला लागेको छ । सनसेरीमाण्डौँमा लागेको मेलामा दर्शनार्थीहरुको घुइचो हुने गरेको स्थानीय प्रिन्स महराले बताए ।
यो मेलामा सुर्नया गाउँपालिकाका साथै छिमेकी स्थानीयतहहरु दोगडाकेदार,सिगास गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाबाट समेत दर्शनार्थी आउने गरेका छन् । सनसेरीमाण्डौँ बजारसम्म अहिले यातायातको सुविधा भएकाले टाढाटाढाबाट समेत दर्शनार्थीहरु आउने गरेका स्थानीय महराले बताए ।
यो मेलामा सरिक भएर सनसेरीमाण्डौँको दर्शन गरेमा मनोकामना पुर्ण हुने जनविश्वास रहेको छ । सनसेरीमाण्डौँमा लाग्ने मेलालाई स्थानीयमा बिसु मेला भनिन्छ । यो ठाउँमा सरिर भएर दर्शनार्थीहरु सिस्नो खेलेर रमाइलो गर्ने गर्दछन् । यसैगरि बैतडीका अन्य विभिन्न मन्दीर तथा शक्तिपिठहरुमा पनि पुजाआजा भइरहेको स्थानियबासीहरुले बताएका छन् ।
बिसु मेला अवधि सम्म सनसेरीमाण्डौँमा मेलाअवधिभर मदिरा निषेध गरिएको बताइएको छ । यस्तै सुर्नया गाउँपालिका ५ स्थित धार्मीक स्थल गोवेश्वर धाममा आज बिसु पर्वका दिन स्नान मेला लागेको हो । हरेक वर्ष जस्तै यो वर्ष पनि धार्मीक स्थल गोवेश्वर धाममा भव्य मेला लागगेको स्थानीय शंकर बिष्टले बताए । पुगेर स्नान सहित पूजापाठ गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।





