बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु
बैतडी– बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
जिल्लाको सिगास गाउँपालिका–२ धौलाडीका अन्दाजी ५६÷५७ बर्षीय कालुसिंह धामीको भीरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष ठगेन्द्रसिंह ऐरले बताए ।
बाख्रा चराउने क्रममा लुपडा काटे भन्ने भीरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको उनले बताए । सोमबार दिउँसो १ बजेतिर उनी भीरबाट लडेर झण्डै चार सय मिटर तल खसेका थिए ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३ १७:२७
प्रतिक्रिया दिनुहोस्




