बैतडीको सनसेरीमाण्डौँमा ‘बिसु’ मेला (फोटोफिचर )
बैतडी- बैतडीको सनसेरीमाण्डौँमा बिसु मेला सम्पन्न भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ स्थित सनसेरीमाण्डौँमा बिहानैदेखि मेला लागेको थियो ।
+सनसेरीमाण्डौँमा लागेको मेला सम्पन्न भएको स्थानीय निरेश भट्टले बताए । यो मेलामा सुर्नया गाउँपालिकाका साथै छिमेकी स्थानीयतहहरु दोगडाकेदार,सिगास गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाबाट समेत दर्शनार्थी आउने गरेका छन् ।
सन्सेरीमाण्डाँै बजारसम्म अहिले यातायातको सुविधा भएकाले टाढाटाढाबाट समेत दर्शनार्थीहरु आउने गरेका स्थानीय प्रीन्स महराले बताए । प्रत्येक वर्ष बैशाख १ गते सनसेरीमाण्डौँमा बिसु मेला लाग्ने गर्दछ ।






प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८० १७:४४
प्रतिक्रिया दिनुहोस्





