Sagun Khabar
बैतडीमा धारिलो हतियारले रेटेर एक युवकको हत्या

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकामा एक जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ८ बस्ने अन्दाजी ३८ वर्षिया  बाशुदेव जोशी धारिलो हतियारले रेटि हत्या गरिएको अवस्थामा  फेला  परेका हुन ।

 जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता योगेश  खत्रीका  अनुसार शनिबार   साँझ करिब ८ बजे तिर जोशीको शव फेला परेको हो। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  २२:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update