Sagun Khabar
बैतडीका स्थानीयतहमा ६४ करोड बढी बेरुजु, सबैभन्दा बढी डिलाशैनीमा

बैतडी-बैतडीका स्थानीय तहमा ६४ करोड बढी बेरुजु देखिएको  छ ।  महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवदेन अनुसार जिल्लाका १० ओटै स्थानीयतहमा  ६४ करोड १३ लाख  २३ हजार बेरुजु रकम देखिएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवदेन अनुसार जिल्लाको सबैभन्दा बढी बेरुजु रकम डिलासैनी गाउँपालिकामा देखिएको छ भने सबैभन्दा कम शिवनाथ गाउँपालिकामा देखिएको  छ ।

सबैभन्दा बढी  डिलाशैनी गाउँपालिकाको ९ करोड २९ लाख ४० हजार  बेरुजु  छ  भने सबै भन्दा कम शिवनाथ गाउँपालिकाको ४ करोड ७१ लाख २ हजार  बेरुजु देखिएको छ । यस्तै पुर्चौंडी नगरपालिकामा ४ करोड ९९ लाख ३० हजार, दशरथचन्द नगरपलिकामा ५ करोड ८८ लाख ५२ हजार ,मेलौली नगरपालिकामा ६ करोड ७१ लाख ४ हजार र पाटन नगरपालिकामा ६ करोड १७ लाख ६५ हजार  बेरुजु देखिएको छ ।

यस्तै  जिल्लाको सिगास गाउँपालिकामा ५ करोड ६१  लाख ५७ हजार  बेरुजु देखिएको छ भने पञ्चेश्वर  गाउँपालिकामा ५ करोड ७८ लाख २५ हजार  बेरुजु देखिएको हो । यस्तै  सुर्नया गाउँपालिकामा ५ करोड ९७ लाख ५९ हजार बेरुजु देखिएको छ भने  जिल्लाको  दोगडाकेदार  गाउँपालिकामा ८ करोड ८९ लाख ८९ हजार  बिरुजु देखिएको  छ ।  जिल्लाका  स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु रकम बढ्दै गएको छ ।

ऐन नियम अनुसार बजेट खर्च नहुनु, दबाबमा बजेट खर्च हुनु र आर्थिक अनुशासन कायम गर्न नसक्दा स्थानीयतहमा बेरुजु रकम बढ्दै गएको हो । 
के हो बेरुजु ?
सार्वजनिक आय र व्ययको कार्य प्रचलित कानुनी विधि प्रक्रिया पूरा नगरी गर्दा देखा पर्ने अनियमित रकमलाई बेरुजु भनिन्छ । यो आर्थिक कारोबारको हिनामिना हो, जसलाई आर्थिक अनुशासनहीनताको उपजका रूपमा लिइन्छ । यो प्रचलित कानुन बमोजिम पुर्याउनु पर्ने रीत नपु¥याई कारोबार गरेको, राख्नु पर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकमकलम हो, जुन लेखापरीक्षकले लेखापरीक्षण गर्दा औँल्याएको हुन्छ ।

Screenshot 2023-04-15 1041501681606940.png

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०६:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update