Sagun Khabar
कलिलै उमेरमा अस्ताइन बैतडीकी बविता

बैतडी- बैतडीकी एक किशोरीको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका १ का हर्क बहादुर टेरकी १४ वर्षिया छोरी बविता टेरको धनगढीमा पोखरीमा डुबेर मृत्यु भएको  हो । 

मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्यायनरत बविता परीक्षा दिएर विदामा धनगढी घुम्न गएकी थिइन् । बैतडीमा अंकल आन्टीहरु संग बसेर अध्यायन गरिरहेकी बविताका आमा बुवा धनगढीमा बस्थे । विदामा धनगढी गएकी उनी पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर भइन ।

चैत २६ गते साँझ पोखरीमा डुबेर गम्भीर भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा (आइसियू)मा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शनिबार राति १० बजे मृत्यु भएको मृतक किशोरीका काका राजेन्द्र टेरले बताए ।
कलिलै उमेरमा बविताको मृत्यु भएपछि अहिले घरपरिवा, आफन्त,साथिसंगि सबै शोकमग्न भएका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update