Sagun Khabar
बैतडीमा १६ वर्षिय  किशोर मृत फेला 

बैतडी- बैतडीमा एक जना किशोर मृत फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका–१ ज्याडीखोलाका जयभान लुहारका छोरा १६ वर्षिय सुनिल लुहार शनिबार साँझ मृत अवस्थामा फेला परेका वडा अध्यक्ष रामचन्द्र ऐरीले जानकारी  दिए ।  

उनी घर नजिकैको खरबारीमा मृत फेला परेका  बताइएको छ ।  मृतक लुहारको  शव  पाटन प्राथमिक स्वास्थ्य  केन्द्रमा राखिएको  छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update