Sagun Khabar
बैतडीको पुर्चौडीमा पाँच तले प्रशासकीय भवन, निर्माण कार्य अन्तिम चरणमा 

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकामा पाँच तले प्रशासकीय भवन बन्दै छ । संघ प्रदेश र  स्थानीयतहको ६ करोड ७६ लाख ६८ हजार लागतमा प्रशासकीय भवन निर्माण भैरहेको हो ।

नगरपालिकाको वडा नं ३ हाटमा लिप्ट सहितको पाँच तले सुविधा सम्पन्न प्रशासकीय भवन निर्माणको काम अहिले तिब्र गतिमा भैरहेको सब इन्जिजियर कुबेर चन्दले जानकारी दिए । बिल्डीङको काम सम्पन्न भएर अहिले  भवन पलस्तरको  काम भैरहेको उनले  बताए । ‘बिल्डीङको काम सबै सम्पन्न भयो,टाइल लगाउने, झ्यालढोका मिलाउने लगायतका कामहरु बाँकी छन्,’  अब समय लागदैन निर्माण कार्य छिट्टै सकन्छि उनले  भने । 

५ तले भवनमा २६ ओटा कोठा छन् । एक ÷एक कन्फ्रेन्स र मल्टिप्रपोज हल छन भने १६ ओटा शौचालय रहेका छन् । वाई आर कन्सट्रक्सन कञ्चनपूरले भवन निर्माण गरिरहेको छ । २०७७ साल पुष ९ बाट कामा सुरु भएको र यसमा एक पटक म्याद थप भएको इन्जिजियर चन्दले बताए । 

थपिएको  म्यादको  समय अगामी मंसिर  १५ सम्म रहेको  बताइएको  छ । यता निर्माण कम्पनिले पनि धमाधम काम भइरहेकाले अब समयमै  सम्पन्न हुने बताएको छ । अहिले  नगरपालिका भाडाका भवनहरुबाट सेवा सम्पादन गरिरहेको छ । ६ ओटा भवन भाडामा लिएर नगरपालिकाले  सेवा प्रदान गरिरहेको हो । शिक्षा शाखा, स्वास्थ्य शाखा, कृषि र रोजगार शाखा अलग भवनमा  छन्  । दुई भवन नगरपालिकाले  कर्मचारी आवासका लागि  भाडामा लिएको  छ ।  
भवन बनेपछि कामकाज गर्न सजिलो हुने कर्मचारीहरुले बताए । भवन अभावले कामकाजमा समस्या भएको भन्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनो बहादुर  कुँवरले निर्माण सम्पन्न पछि सहज हुने बताए । ‘शाखाहरु अलग अलग भवनमा छन्, एकीकृत सेवा प्रदान गर्न समस्या छ, भवन बने हामीलाई  काम गर्न नागरिकहलाई  सेवा लिन सहज हुन्छ,’उनले भने ।

नगरपालिकाका शाखाहरु एउटै भवनमा छैनन् । छरिएर रहेका शाखाहका कारण नगरबासीहरुलाई सेवाका लागि पनि समस्या हुने गरेको छ । साथै  भवन अभावले  शाखाहरु टाढाटाढ हुँदा कर्मचारीहरु बिच समन्वय कम हुनेभएकाले यसले  समस्या भएको छ ।

भवन बनेपछि व्यभार कम हुने र नागरिकहरुलाई  पनि सेवा लिन सहज हुने अपेक्षा गरेको  नगरप्रमुख  दिपक बहादुर बमले बताए ।‘ नगरपालिका भाडाका भवनमा हुनाले  व्यभार बढी छ, भवन बनेपछि  व्यभार कम हुन्छ, काम गर्न  सजिलो  हुन्छ’, नगरप्रमुख बमले भने । 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update