बैतडी -बैतडीको मणिलेक माविले शोक विदा दिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका १ गुरुखोलमा रहेको मणिलेक माविले विद्यार्थीको पोखरीमा डुबेर मृत्यु भएपछि सोमबार शोक विदा दिएको हो । .
मणिलेक माविमा अध्यायनरत किशोरी बविता टेरको पोखरीमा डुेबर दुखद निधन भएपछि शोक मनाउन एक दिन विदा गरिएको विद्यालयका प्रधानाध्यापक केशब दत्त भट्टले बताए । बविताको अकल्पनिय निधनले दुखि तुल्याएको उनले बताए ।
कक्षा ९ मा अध्यायनरत बविता परीक्षा दिएर धनगढी गएकी थिइन। घुम्न गएकी उनी नुहाउने क्रममा पोखरीमा डुबेर गत चैत २६ गते साँझ गम्भीर भइन् । पोखरीमा डुेबर गम्भीर भएकी बविताको शनिबार राति धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । कलिलै उमेरमा बविताको मृत्यु भएपछि अहिले घरपरिवा, आफन्त,साथिसंगि सबै शोकमग्न भएका छन् ।





