Sagun Khabar
बैतडीका २२ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ र  जुकाको  औषधि खुवाइने 
फाइल फोटो

बैतडी- बैतडीका बालबालिकलाई ६ र ७ गते भिटामिन ‘ए’र जुकाको  औषधि खुवाइने भएको छ । यहि बैशाख ६ र ७ गते जिल्ला भित्रका बालबालिकालाई  भिटामिन ‘ए’ क्याप्सुल  र जुकाको  औषधि खुवाइने स्वास्थ्य कार्यालय  बैतडीले जनाएको छ ।
६ देखि ५९ महिना उमेर महिनासम्मका बालबालिकलाई भिटामिन ए क्याप्सुल र १२ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई  जुकाको  औषधि खुवाइने स्वास्थ्य कार्यालय  बैतडीका  सूचना  अधिकारी  बिपीन लेखकले जानकारी दिए ।

जिल्ला भित्रका २० हजार ३१ बालबालिकालाई जुकाको औषधि र २२ हजार ५ सय ५१ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुावाइने उनले  बताए । औषधि संगै बालभिटा पनि खुवाउने बताइएको  छ । आफ्ना बालबालिकाहरूलाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गरिएको छ । 

सरकारले हरेक वर्ष बैशाख र कात्तिक महिनामा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update