Sagun Khabar
बैतडीका एक युवक युएईमा अलपत्र, भन्छनः‘काम मिलेन,धेरै दिन देखि भोकै छु’!

बैतडी– बैतडीका एक युवक युएईमा अलपत्र परेका छन् । रोजगारीको सिलसिलामा दुबइ गएका जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वालेकका दिपक जोशी अलपत्र परेका हुन् ।

मेनपावरबाट स्टोर कीपरमा काम फिक्स भनेर १ लाख ३६ हजार तिरेर युएई उडेका जोशी अहिले काम नपाएर अलपत्र परेका हुन् । आफु १७ दिन देखि एयरपोर्ट नजिकको एक क्याम्पमा बसेको उनले बताए ।  काठमाण्डौँको बसुन्धरामा रहेको साब इन्टरनेश्नल ह्युमन रिर्ससले दिपकलाई यूएइको टी म्याक्स कम्पनीमा स्टोर  कीपरमा पठाएको थियो । 

‘एक महिना पहिले  दुबई   पुगेको  हुँ, मेनपावरले भनेको जस्तो काम मिलेन, ७ दिन अन्य काम गरे, अहिले १७ दिन भयो, भोकभोकै एयरपोर्ट नजिकको सारजाह भन्ने ठाउँमा  क्याम्पमा बसेको छु, मलाई समस्या छ,’ उनले भने । खानबस्न दिएर स्टोर कीपरमा ८ घण्टामात्रै ड्युटि हुन्छ भनेर दुवै पठाएपनि सो अनुसार काम नमिलेको उनले बताए ।  युएई पुगेपछि ७ दिन मात्रै काम मिलेको र त्यसपछि काम समेत गर्न नपाएको उनको  भनाई  छ । 

बैतडीकै सुरेश भट्टले जोशीलाई युएई पठाएका थिए । अहिले  उनलाई विदेशका कथा व्यथा बताएपनि वेवास्ता गरेर उल्टै  धम्की दिने गरेको  जोशीले बताए ।  भनेको  जस्तो काम मिलेन, मलाइ फसाउनु भयो भनेर आफुले गुनासो पोख्दा सुरेशले आफु प्रहरीको  रिटार्यर भएकाले कसैले केहि गर्न नसक्ने धम्की दिएको बताए ।

आफुले घर आउने बातावरण मिलाइदेउ भन्दा दुई लाख तिरे मात्रै घर आउन मिल्ने भनेको उनले दुखेसो पोखेका छन् । पासपोर्ट  समेत कम्पनीले राखेकाले आफु काम गर्न  र घर आउनबाट बञ्चीत भएर अलपत्र परेको युवकले  बताए । 

जोशीले म्यासेन्जर मार्फत सुगनखरबसंग गरेको   कुराकानीको  अडियो  हामी  संग सुरक्षित छ । 

यता मेनपावरका सञ्चालक गणेश बहादुर राना भाटले पठाएको  कामदारलाई तोकिएकै काम मिलेको तर उनी आफैले छाडेको दाबी गरेका छन् । जोशीले मिडियामा भनेका कुरा निराधार रहेको उनको  भनाई छ ।जोशीले तोकिएको काम नगरेर संस्थाको बदनाम गरेको मेनपावर   सञ्चालकको भनाई छ ।  

जोशीलाई  यूएइ पठाउदा गरिएका कुराकानीका प्रमाणहरु आफु संग सुरक्षित रहेका सञ्चालक राना भाटले बताए । उनलाइ काम  गर्न र  घर फर्कन कसैले  नरोकेको   साथै भोकभोकै  बसेको भन्ने कुरासमेत उनले  झुटा बोलेका बताइएको  छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update