बैतडी- बैतडीका जोशीको हत्या घटनामा संलग्न अभियुक्त पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ का ३८ वर्षिय वाशुदेव जोशीको हत्यामा संलग्न अभियुक्त सोमबार प्रकाउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दोगडाकेदार गाउँपालिका ८ तोली भन्ने ठाउँबाट सोमबार अभियुक्त पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।‘घटनामा संलग्न एकजना पुरुष समातेका छौँ, उनलाइ तोली भन्ने ठाउँबाट पक्राउ गरिएको हो, थप जानकारी अनुसन्धान पछि आउँछ,’ उनले भने । एक जना अभियुक्त पक्राउ परेपनि प्रहरीले अहिले पनि नाम गोप्य राखेको छ ।
हिजो प्रहरीले गाउँकै युवा घटनामा संलग्न भएको खुलेको बताएको थियो । फरार युवाको खोजि भैरहेको थियो । जोशीेको शव शनिबार राती ८ बजे घाँटी रेटेर हत्या गरिएको अवस्थामा भेटिएको थियो । प्रकाउ परेका अभियुक्तलाई प्रहरीले जिप्रका पुर्याको छ । मृतक जोशीको शव जिल्ला अस्पताल बैतडीमा परीक्षण पछि आफन्तलाई बुझाइएको छ । आजै आफन्तहरुले अन्तिम संस्कार गरेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





