Sagun Khabar
बैतडीमा एक बालिका मृत फेला 

बैतडी- बैतडीमा एक बालिका मृत फेला  परेकी छिन् । जिल्लाको  पाटन नगरपालिका वडा नं ४ पलेटाका रमेश चन्दकी  ८ वर्षिया छोरी ललिता चन्द मृत फेला परेकी हुन् ।

सोमबार दिउंसोबाट सम्पर्क विहिन भएकी ललिता मंगलबार विहान वडाकै मङराउ खोलामा मृत अवस्थामा भेटिएकी आफन्त राजेन्द्र  चन्दले जानकारी दिए । मृत्युको  कारण खुलेको  छैन् ।

 प्रहरीको  टोली  घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update