Sagun Khabar
बैतडीःभोलिबाट बालबालिकालाई भिटामिन‘ए’र जुकाको औषधि खुवाइने

बैतडी- बुधबार देखि बैतडीका २२ हजार बढी बालबालिकलाई  भिटामिन ‘ए’र जुकाको  औषधि खुवाइने भएको छ ।   जिल्ला भित्रका बालबालिकालाई  भिटामिन ‘ए’ क्याप्सुल  र जुकाको  औषधि खुवाइने स्वास्थ्य कार्यालय  बैतडीले जनाएको छ ।

जिल्ला भित्रका २० हजार ३१ बालबालिकालाई जुकाको औषधि र २२ हजार ५ सय ५१ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुावाइने स्वास्थ्य कार्यालय बैतडीका सूचना  अधिकारी बिपीन लेखकले जानकारी दिए ।औषधि संगै बालभिटा पनि खुवाउने बताइएको छ । आवश्य औषधि पालिकाहरुमा पठाइ सकिएको सूचना अधिकारी लेखकले बताए ।

६ देखि ५९ महिना उमेर महिनासम्मका बालबालिकलाई भिटामिन ए क्याप्सुल र १२ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने आफ्ना बालबालिकाहरूलाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गरिएको छ ।

सरकारले हरेक वर्ष बैशाख र कात्तिक महिनामा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन गर्दै आएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update