बैतडीः र्यासि -रुजकोट सडकखण्डमा स्तरोन्ति सुरु
बैतडी- बैतडीको पुर्चौडी नगरपालिका ८ को र्यासि -रुजकोट सडकखण्डमा स्तरोन्ति कार्य सुरु भएको छ । प्रदेश सरकारको ४२ लाख लागतमा सडक खण्डको स्तरोन्ति कार्य सुरु भएको वडा अध्यक्ष बिर बहादुर बोहराले जानकारी दिए ।
मामाभान्जा कन्ट्रक्सनले डबल कटिङ गरिरहेको उनले बताए । ठेक्का समझौता भएर सोमबारबाट स्तरोन्तिको कार्य शुभारम्भ भएको वडा अध्यक्ष बोहराले बताए ।
उनका अनुसार सडकमा मोडसुधार, नालि निर्माण लगायतका काम हुने छन् । असार भन्दा पहिले नै सम्पन्न गर्ने गरि काम भैरहेको बताइएको छ । सडकखण्ड साँघुरो हुँदा समस्या भएकाले स्तरोन्तिपछि सवारीसाधन सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० ०९:५६
प्रतिक्रिया दिनुहोस्





