Sagun Khabar
बैतडीः शिवनाथमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी महतालाई 

बैतडी- बैतडीको शिवनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी महतालाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य संयोजक समेत रहेका नरेन्द्र सिंह महतालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मका लागि आर्थिक तथा प्रशासनीक कार्यका लागि जिम्मेवारी दिइएको मन्त्रालयले सूचना मार्फत जनाएको  छ । माघ २५ गते देखि शिवनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन थियो । 

निर्वतमान प्रमुख प्रशासकीय  अधिकृत रघुनाथ अवस्थी सरुवा भएर सुर्नया आएपछि  रिक्त रहेको शिवनाथमा आर्थिक कारोबार ठप्प थियो । अख्तियारी आएकाले अब आर्थिक कारोबारका कामकारवाही अगाडी बढ्ने प्रमुख प्रशासकीय  अधिकृतको  जिम्मेवारी पाएका  महताले बताए । 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १०:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update