Sagun Khabar
बैतडीको सुर्नयामा छुट अपाङ्गता व्यक्तिलाई  परिचय पत्र वितरण

बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा  छुट अपाङ्गता व्यक्तिलाई  परिचय पत्र वितरण गरिएको  छ ।  मंगलबार  शिविरको  आयोजना गरेर छुट अपाङ्गता व्यक्तिहरुको परिचय पत्र निर्माण गरेर वितरण गरिएको  हो । २८ जना व्यक्तिलाई अपाङ्गता  परिचयपत्र वितरण गरिएको  गाउँपालिकाको  महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारी निर्मला चन्दले  बताइन् ।

उनका अनुसार ९ जनाले  क वर्गको,१४ जनाले  ख वर्गको १० जनाले  ग वर्गको  र २ जनाले घ वर्गको अपाङ्गता परिचय पत्र पाएका छन् ।  ७ जनाको परिचयपत्र परिमार्जन गरिएको र २८ जनालाई  नयाँ बनाएर वितरण गरिएको  हो ।  मुक्त हलिया सशक्तिकरण अधिकार परियोजना अन्तर्गत शिविर सञ्चालन गरेर छुट अपाङगता व्यक्तिलाइ परिचय पत्र वितरण गरिएको जिल्ला हलिया मुक्ती समाजका उपाध्यक्ष जयराम बिसीले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिहरुले  दिएको निवेदनमा छानविन गरेर  वर्गिकरण सहित परिचय पत्र निर्माण गरेर वितरण   गरिएको उनले बताए । अपाङ्गता  भएका व्यक्तिहरुलाई परिचय पत्रले  राज्यबाट  सेवा सुविधा लिन सहज हुने  भएको  छ ।   गाउँपालिका  अपाङ्गता  समितिको आयोजनामा सम्पन्न शिविरमा गाउँपालिका उपाध्यक्ष मञ्जु बोहरा,  हलिया मुक्ती समाजका केन्द्रिय  सदस्य राजुराम भुल, प्रहरी, कर्मचारीहरुको    उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update