बैतडी- आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदैछ । बैतडी सहित आजदेखि देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदैछ । बैतडीका २२ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइन लागिएको हो ।
स्वास्थ्य कार्यालय बैतडीका अनुसार जिल्ला भित्रका २० हजार ३१ बालबालिकालाई जुकाको औषधि र २२ हजार ५ सय ५१ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ ।
औषधि संगै बालभिटा पनि खुवाइदै छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकलाई भिटामिन ए क्याप्सुल र १२ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन लागिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी लेखकले बताए ।
आफ्ना बालबालिकाहरूलाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गरिएको छ । छुटेकालाई भोलि पनि औषधि खुवाइने बताइएको छ ।सरकारले हरेक वर्ष बैशाख र कात्तिक महिनामा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन गर्दै आएको छ ।





