Sagun Khabar
बैतडीः गोकुलेश्वर - बलाँच सडकखण्डको  अवस्था बेहाल!

बैतडी- गोकुलेश्वर - बलाँच सडकखण्ड ठाउँठाउँमा भत्केको छ । कालोपत्रे भएको  सडक फुटेको छ भने खाल्टाखुल्टीले झन सास्ती भएको हो । दार्चुलाको शैल्यशिखर नौ   र बैतडी डिलाशैनी गाउँपालिका ३ भित्र पर्ने यो सडकमा यात्रा गर्न नै समस्या भएको छ । खाल्टाखुल्टी परेको सडकमा बगिरहने  पानीले  झन समस्या गरेको  स्थानीय भुवन भट्टले बताए ।

सडकमा खाल्टाखुल्टी, त्यसमा पानी बगिरहने भएकाले धेरै समस्या भएको उनले बताए । ‘पिचफुटेको छ, ठाउँ, ठाउँमा खाल्टाखुल्टीछन् त्यसमाथि पानी सडकमै छोडिएको छ, यसले गर्दा झन सास्ती छ,’उनले भने । गोकुलेश्वर देखि बलाँच चमेलीया जलविद्युत केन्द्रको  ड्याम सम्मको १८ किलोमिटर सडकखण्ड मर्मत सम्भार नहुँदा समस्या भएको हो ।चालकहरुले पनि सडक स्तरिय नहुँदा सवारीसाधन सञ्चानलमा समस्या भएको बताएका छन् ।

महाकाली राजमार्ग संग जोडिएको यो सडकखण्ड स्तरिय नहुँदा समस्या भएको उनिहरुको भनाई छ । चमेलिया जलविद्युत आयोजना निर्माणका बेला सडकखण्ड कालोपत्रे भएको थियो । अहिले  पिच भत्केर सडकको अवस्था बेहाल भएको व्यवसायीहरुले बताए । ‘गोकुलेश्वर, करकले, पंसेरा र धौकुचे हुँदै, बलाँच चमेलीया जलविद्युतको ड्याम सम्मको यो सडक पिच हो,अहिले यसको अवस्था बेहाल छ,सांसद,जनप्रतिनिधि,लगायतका अन्य सरोकारवालाहरुको ध्यान गएको छैन, जनताको समस्याको ले बुझिदिने?,’स्थानीयहरुले भने ।  दार्चुलाको शैल्यखिर नगरपालिका नौ र बैतडीको डिलाशैनी ३ भित्र पर्ने यो सडकखण्ड मर्मतमा जनप्रतिनिधहरुको ध्यान नगएको हो  ।

बैतडी दार्चुला, डडेल्धुरा लगायतका अन्य ठाउँबाट समेत चमेलिया जलविद्युत केन्द्रको अवलोकन भ्रमणमा आउँछन् । भ्रमणमा आएका नागरिकहरुले समेत बाटोको अवस्था सुधार गर्न तर्फ ध्यानजानु पर्ने बताउँछन् । ‘सडकको अवस्था नाजुक रहेछ, यस्तो हेर्नलायक ठाउँ, यो ठाउँमा त अलि बाटोघाटो राम्रो बनाउनु तर्फ सम्बन्धित निकायको ध्यानजानु पर्ने,’ चमेलीया जलविद्युत केन्द्रमा पुगेकाहरुले भने । सो ठाउँका नागरिकहरुले पानी समेत सडकमै छाड्ने गरेका छन् । नालि निर्माण भएपनि अहिले पानी सडकमै बगि रहेको छ । 

चलमेलिया जलविद्युत केन्द्रबाट पाइप समेत वितरण गरेर पानीको व्यवस्थापनका लागि आग्रह गरिएपनि स्थानीयले रोडमै पानी लगाउने गरेका जलविद्युत केन्द्रमा कार्यरत इन्जिनियर महेश न्यौपानेले बताए । ढलनिकासका लागि नालि निर्माण,पाइप वितरण लगायतका प्रयास गरेपनि स्थानीयहरुले रोडमै पानी छाडने गरेको उनले बताए । पिच भत्केर सडकमा पानी छोडिएकाले सडक हिलाम्य छ ।

पिच भत्केर क्षतविक्षत भएको सडकखण्ड हिलाम्य धुलाम्य भएपनि मर्मत सम्भारमा सरोकारवालाहरुको ध्यान जान सकेको छैन् । अहिलेका प्रदेश सभा सदस्य सुरेन्द्र पालको घर पनि यो सडखण्डको छेउमा छ । पंसेरा भन्ने ठाउँको रोड छेउमै घरभएका सांसद पाल अहिले प्रदेशमा प्रतिनिधित्व गर्दछन् ।

अहिले सम्म जनप्रतिनिधिको आँखा नलागेको सडकमा माननीयको  ध्यान जाला भन्ने आशा त्यहाँका नागरिकहरुले लिएका छन् ।


 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update