जातीय मुक्ति समाज बैतडीको सम्मेलन वैशाख ९ गते
बैतडी –नेकपा एमालेको जनवर्गीय संगठनको रुपमा रहेको नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीको ८ औं जिल्ला सम्मेलन यही वैशाख ९ गते हुने भएको छ ।
सम्मेलनको तयारी अन्तिम चरणमा रहेको मुक्ति समाज बैतडीका इन्चार्ज बलभद्र दयालले जानकारी दिए । सम्मेलनको उद्दघाटन समारोहमा एमालेका केन्द्रीय तहदेखि जिल्ला तहका नेता र मुक्ति समाजका केन्द्रीय नेताहरुको सहभागिता रहने इन्चार्ज दयालले बताए ।
जिल्ला सम्मेलनमा २ सय जना प्रतिनिधि सहभागी हुने बताइएको छ । एमालेको पार्टी कार्यालय गढीमा सम्मेलनको उद्दघाटन गर्ने तयारी रहेको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० १४:३६
प्रतिक्रिया दिनुहोस्





