बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् । मेलौलीबाट देहिमाण्डौतर्फ आइरेहको बा ७ च ३०५२ नम्बरको जिप सलेना–देहिमाण्डौ ग्रामिण सडकखण्डको मलौली नगरपालिका वडा नं २ को कार्यालय नजिक गेरडा भन्ने स्थानमा दुर्घटनामा परेको हो । बुधबार दिउँसो पौन तीन बजेतिर जिप दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनामा परी जिप चालक मेलौली नगरपालिका ९ विशालपुरका ३१ बर्षीय भीमराज भट्टको ढाडमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
चालक सहित तीनजना सवार रहेको जिप उकालोमा नचढेपछि दुईजना यात्रुलाई ओरोलेर जिप चलाएको बुझिएको छ । उकालोमा जिप नचढेर सडकबाट करीब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा बैतडीका ग्रामीण कच्ची सडकमा सवारी दुर्घटना बढ्दै गएका छन् ।





