Sagun Khabar
बैतडीको गुरुखोला–कलौन सडकको काम अघि बढ्ने 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलादेखि कलौन हुँदै दोगडाकेदारको श्रीकोट जोड्ने गुरुखोला–कलौन–श्रीकोट सडकको काम अघि बढ्ने भएको छ । विभिन्न कारणले विगतदेखि निर्माण कार्य शुरु हुन नसकेको सडक निर्माण कार्य अब अघि बढाउने सहमति भएको छ । 

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, पूर्वाधार विकास कार्यालयका प्रतिनिधि र स्थानीयहरुबीच संयुक्त रुपमा भएको छलफलले सडक निर्माण कार्य अघि बढाउने सहमति भएको स्थानीय एवं एकीकृत समाजवादी बैतडीका अध्यक्ष महादेव भट्टले बताए । 

पूर्वाधार विकास कार्यालय मार्फत चन्द्रप्रकाश निर्माण सेवाले सो सडकमा काम गर्ने जिम्मा पाएको थियो । १८ लाखको निर्माण कार्य गर्नेगरी निर्माण कम्पनीले सम्झौता गरेको र अब सोही अनुसार निर्माण कार्य अघि बढ्ने सहमति भएको कम्पनीका प्रतिनिधि पूर्णबहादुर टेरले बताए । 

सो सडकको जिरो प्वाइन्टदेखि निर्माण कार्य अघि बढाउने सहमति भएको र सोही सहमति अनुसार काम अघि बढ्ने उनले बताए ।  

४ किलोमिटर लम्बाइको उक्त सडक निर्माणका लागि जिरो प्वाइन्टदेखि अघि बढाउने कि ट्रयाक खुलेको ठाउँबाट अघि बढाृउने भन्ने बिषयमा विवाद रहँदै आएको थियो । अब जिरो प्वाइन्टदेखि नै सडक निर्माण कार्यलाई अघि बढाउने सहमति भएको बताइएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update