Sagun Khabar
बैतडीको मेलौलीमा निःशुल्क स्वास्थ्य शिविर आजबाट, बिशेषज्ञ चिकित्सकले सेवा दिने

बैतडी- बैतडीको मेलौलीमा आज देखि बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । बैतडी समाज कैलालीको आयोजना तथा मेलौली नगरपालिकाको समन्वयमा निःशुल्क  स्वास्थ्य  शिविर सञ्चालन हुन लागेको हो ।

शिविरमा बिशेषज्ञ चिकित्सकहरुले सेवा दिनेछन् । शिविरमा नाक, कान, घाँटी, आँखा र अन्य रोगहरुको समेत बिशेषज्ञ चिकित्सकहरुद्वारा उपचार गरिने मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नरायण चन्दले  बताए ।

आँखा शिविर केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा  र  अन्य रोगका लागि मणिलेक मावि काँडाको भवनमा  सञ्चालन हुने बताइएको छ । दुर्गम क्षेत्रका नागरिकलाई एकीकृत रुपमा बिशेषज्ञ सेवा दिने उद्देश्य सहित बैतडी समाज कैलालीले हरेक बर्ष स्वास्थ्य शिविरको आयोजना गर्दै आएको समाजका अध्यक्ष मायाप्रकाश भट्टले बताए ।

तीनदिन सम्म सञ्चालन हुने शिविरको  सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्दघाटन गर्ने कार्यक्रम रहेको छ । शिविरमा आएर सेवा लिन सबैलाई आग्रह समेत गरिएको छ । बिहीबार  बैतडी पुगेका मुख्य मन्त्री शाहले  आज शिविरको उद्घाटन गर्ने भएका हुन् ।  
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update