Sagun Khabar
बैतडीको मेलौलीमा बृहत स्वास्थ्य शिविर सञ्चालन 

बैतडी –बैतडीको मेलौलीमा शुक्रबारदेखि बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ । बैतडी समाज कैलालीको आयोजना र मेलौली नगरपालिकाको समन्वयमा शिविर सञ्चालन भएको हो । 

स्वास्थ्य शिविरको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमकाबीच आज उद्दघाटन गरेका छन् । बिहीबार बैतडी पुगेका मुख्यमन्त्री शाह शुक्रबार दिउँसो मेलौली पुगेर शिविरको उद्दघाटन गरेका हुन् । 

स्वास्थ्य शिविर उद्दघाटन कार्यक्रममा बैतडी प्रदेश सभा क्षेत्र नं २ का प्रदेशसभा सदस्य शिवराज भट्ट, दार्चुलाका प्रदेशसभा सदस्य विक्रमसिंह धामी लगायतको उपस्थिती रहेको थियो । 

बैतडीको तल्लोसोराड क्षेत्रका नागरिकको बिशेषज्ञ स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविरको आयोजना गरिएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताए । 

तीनदिन सम्म सञ्चालन हुने शिविरमा बिशेषज्ञ चिकित्सकहरुले सेवा दिइरहेका मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । शिविरमा आँखा, नाक, कान, घाँटी सम्बन्धी सेवा दिइनुका साथै अन्य सेवाहरु समेत सञ्चालनमा रहेका छन् । 

शिविर सञ्चालनमा बैतडी समाज कैलालीका साथै धनगढी नेत्रालय, च्यारेटी हेल्थ फाउण्डेसन लगायतका संस्थाहरुको समेत सहयोग रहेको छ । शिविरको उद्दघाटन गर्दै मुख्यमन्त्री शाहले दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन यस्ता शिविरहरुले सहयोग गर्ने बताए । 

बाजागाजासहित मुख्यमन्त्रीको स्वागत 

बृहत स्वास्थ्य शिविरको उद्दघाटनका लागि मेलौली पुगेका मुख्यमन्त्री कमलबहादुर शाहलाई बाजागाजासहित स्वागत गरिएको छ । मेलौली नगरपालिका र नगरबासीहरुका तर्फबाट बाजागाजा र छलिया नाचसहित मुख्यमन्त्रीलाई स्वागत गरिएको हो । 

मुख्यमन्त्री भएपछि पहिलो पटक मेलौली पुगेका शाहलाई स्थानीय संस्कृति अनुसार स्वागत गरिएको हो । 

jhaki1682079971.jpg

एक बर्षभित्रै खानेपानी समस्या समाधान गर्ने दाबी 

यसैबीच मुख्यमन्त्री शाहले एक बर्षभित्रै मेलौली नगरपालिकाभित्रको खानेपानी समस्या समाधान गर्ने दाबी गरेका छन् । बृहत स्वास्थ्य शिविरको उद्दघाटन गर्दै मुख्यमन्त्री शाहले खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले पहल गर्ने बताए । 

jhaki 21682080020.jpg

jhaki 31682080019.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update