Sagun Khabar
पाटन नगरपालिकाले द्वन्द पीडितको निशुल्क स्वास्थ्य बीमा गर्यो 

बैतडी –बैतडीको पाटन नगरपालिकाले द्वन्दपीडितहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । नगरपालिकाभित्र रहेका ११ द्वन्दपीडित परिवारको निशुल्क स्वास्थ्य बीमा गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 

११ द्वन्दपीडित परिवारको निशुल्क स्वास्थ्य बीमा गरेर नगरपालिकाले स्वास्थ्य बीमा बोर्डमा पठाएको स्वास्थ्य बीमा बोर्ड बैतडीका प्रमुख जमनसिंह बडालले जानकारी दिए । ११ परिवारको स्वास्थ्य बीमा बाफतको प्रिमियम शुल्क नगरपालिकाले तिरेको बडालले बताए । 

५ जना सम्म सदस्य संख्या रहेको परिवारको ३५ सयमा एक बर्षका लागि स्वास्थ्य बीमा गर्ने गरिन्छ । सो बाफत बीमित परिवारले १ लाख सम्मको उपचार सुविधा पाउने गरेको बडालले बताए । बीमित परिवारले सूचीकृत स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउने गरेका बडालले बताए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update