Sagun Khabar
रास्वपाको बैतडीमा विजयोत्सव 

बैतडी –भर्खरै सम्पन्न भएको उपचुनावमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तनहुँ –१ बाट स्वर्णिम वाग्लेले जित हाँसिल गरेपछि बैतडीमा विजयोत्सव मनाइएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी बैतडीको आयोजनामा बुधबार पाटनदेखि सदरमुकाम गोठलापानी सम्म र्यालीको आयोजना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी बैतडीका संयोजक प्रकाशचन्द्र भट्टले बताए । 

चितवन र तनहुँका मतदातालाई धन्यवाद दिन र्यालीको आयोजना गरिएको भट्टले बताए । अबको वैकल्पिक शक्ति रास्वपा भएकाले नागरिकलाई आफ्ना मुद्दा समेत बताउन थालेको उनले बताए । 

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि रास्वपाले विजयोत्सव मनाएको छ । विजय र्यालीसहित विजयोत्सव मनाइएको रास्वपाले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update