बैतडीमा ७० वर्षीय वृद्धले १४ वर्षीया बालिका बलात्कार गरेको आरोप
बैतडीमा १४ वर्षीया बालिका बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाटन नगरपालिका ९ का एक वृद्ध पक्राउ परेका हुन । गत पुषमा नै बालिकामाथी बलात्कार गरिएको बताइएको छ ।
आरोपित वृद्धलाई मंगलबार नै पक्राउ गरि अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले जानकारी दिए ।
गत पुषमा बलात्कार भएको भनी उजुरी आएको र त्यसपछि आरोपितलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आरोपित र पिडित आफन्तनै भएकाले परिचय गोप्य राखेको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक चौधरीले जानकारी दिए ।
आरोपितमाथी अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० ११:३३
प्रतिक्रिया दिनुहोस्





