
बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले मिटर ब्याज सम्बन्धी उजुरी दिन आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना भइसकेको र यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपाल सरकारले जाँचबुझ आयोग समेत गठन गरिसकेको अवस्थामा मिटर ब्याज पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । भए सम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन कार्यालयले आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षबाट निवेदन फारम निशुल्क रुपमा उपलब्ध गराइने समेत उल्लेख गरिएको छ । वैशाख १७ गतेदेखि १५ दिनभित्र पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
मिटर ब्याज पीडितहरुले अनलाइनबाट समेत निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।