लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बैतडीको अध्यक्षमा राई
बैतडी–नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बैतडीको अध्यक्षमा सन्तोषबहादुर राईलाई मनोनयन गरिएको छ । नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको बैतडी जिल्ला तदर्थ समितिको अध्यक्षको जिम्मेवारी राइलाई दिएको हो ।
पाटन नगरपालिका ८ खोड्पे घर भएका राई लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशील रहँदै आएका छन् । राईलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिँदै तीन महिनाभित्र संघ तथा प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमिति र स्थानीय कार्य समितिको अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।
यस्तै आवद्ध संघ निर्माण गरी जिल्ला अधिवेशन समेत तीन महिनाभित्रै गरिसक्न निर्देशन दिइएको छ । संघले दिएको जिम्मेवारी आफूले कुशलतापूर्वक सम्पन्न गर्ने अध्यक्ष राईले बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८० १४:५४
प्रतिक्रिया दिनुहोस्





