Sagun Khabar
बैतडीको सिल्लेगडामा रहेको टेलिकमको टावरले काम नगर्दा सञ्चारमा समस्या 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका सिल्लेगडास्थित नेपाल टेलिकमको टावरले काम नगर्दा सञ्चारमा समस्या भएको छ । गएको तीनदेखि टावरले काम गर्न छोडेको स्थानीय कविराज भट्टले बताए । 

टावरमा समस्या आएपछि टेलिकमको भ्वाइस र इन्टरनेट सेवा अवरुद्ध भएको स्थानीयहरुले बताएका छन् । टावरमा समस्या आएपछि सञ्चार सम्पर्कबाट विच्छेद हुनुपरेको स्थानीयहरुको भनाइ रहेको छ । 

सिल्लेगडामा रहेको टावरमा समस्या आएको बिषयमा आफूलाई जानकारी आएको र मर्मतका लागि आजै जाने नेपाल टेलिकम बैतडीको सजित प्याकुरेलले बताए । सकेसम्म आजै समस्या समाधान हुने उनले बताए । 

यताको टीमबाट समस्या समाधान नभएमा प्राविधिकहरुको टीम आएर टावरमा देखिएको समस्या समाधान गरिने प्याकुरेलले बताए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update