बैतडीमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटिएपछि ...
बैतडी –बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको हो ।
गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो ठाउँमा टाउकोको कपाल समेत रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनास्थललाई प्रहरीले अहिले घेरा हालेको छ ।
गिट्टी कहाँबाट ल्याएको हो भन्ने कुरा खुल्न बाँकी रहेको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताए ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १५:५१
प्रतिक्रिया दिनुहोस्





