Sagun Khabar
बैतडीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु 

बैतडी –बैतडीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका २ डाँगाटोलकी २५ बर्षीया निर्मला लुहारको सर्पको टोकाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

शनिबार साँझ गोठमा भैंसीलाई घाँस हाल्ने क्रममा लुहारलाई सर्पले टोकेको थियो । गोठ भित्र जाने क्रममा सर्पले उनको टाउकोमा टोकेको बताइएको छ । सर्पले टोकेपछि लुहारलाई स्थानीय वैद्य कहाँ झारफुकका लागि पुर्याएको र उतै मृत्यु भएको प्रहरी निरीक्षक जोशीले बताए । 

मृतक लुहारको शव पोष्टमार्टम पछि आइतबार आफन्तको जिम्मा लगाएको बैतडी प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update