बैतडीमा मिटर ब्याज सम्बन्धी उजुरी लिने कार्य शुरु

बैतडी –बैतडीमा मिटर ब्याज सम्बन्धी उजुरी लिने कार्य आइतबारदेखि शुरु भएको छ । मिटर ब्याज पीडितहरुले आजदेखि अबको १५ दिनसम्म जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए ।
नेपाल सरकारले जाँचबुझ आयोग समेत गठन गरिसकेको अवस्थामा मिटर ब्याज पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । भए सम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन कार्यालयले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षबाट निवेदन फारम निशुल्क रुपमा उपलब्ध गराइने समेत उल्लेख गरिएको छ । मिटर ब्याज पीडितहरुले अनलाइनबाट समेत निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १८:२५
प्रतिक्रिया दिनुहोस्