Sagun Khabar
बैतडीमा  एक जना युवक मृत फेला 

बैतडी- बैतडीमा एक जना युवक मृत फेला परेका छन् ।  जिल्लाको  पाटन नगरपालिका  वडा नं ६ पैरेउडाका  ३७ वर्षिय मदन पहरी आइतबार आप्रान्न ४ बजे तिर मृत फेला परेका हुन् ।

घर नजिकैकैको  खेतको  डिलमा उनि मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय  पाटनले  जनाएको छ । मृत फेला परेका  पहरीको शव अहिले  पाटन प्राथमिक स्वास्थ्य  केन्द्रमा राखिएको र घटना बारे  थप अनुसन्धान भैरहेको प्रहरीले बताएको  छ ।  

आजै दिउँसो  पाटन बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको पनि भेटिएको थियो । पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update