Sagun Khabar
बैतडीको सिगासमा तीन महिनापछि ‘हाकिम’,बोहराले पाए जिम्मेवारी 

बैतडी –बैतडीको सिगास गाउँपालिकाले तीन महिनापछि हाकिम अर्थात प्रमुख प्रशासकीय अधिकृत पाएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहरालाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । 

गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कविन्द्र ओझा अनिवार्य अवकाशमा परेपछि सिगास गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको थियो । तीन महिनादेखि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबारका सबै काम रोकिएका थिए । 

मन्त्रालयले बोहरलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि अब पालिकाका आर्थिक कारोबार लगायत अन्य कामहरु पनि अघि बढ्ने गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । 

मन्त्रालयले दिएको जिम्मेवारी आफूले कुशलतापूर्वक सम्पन्न गर्ने प्रमुख प्रशासकीय अधिकृत बोहराले बताए । सिगास गाउँपालिकाको समग्र विकासका लागि आफ्नो तर्फबाट हुनसक्ने सबै पहल गर्ने उनले बताए । 

सिगास गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएसंगै विकास निर्माणका योजनाहरुको भुक्तानी, सामाजिक सुरक्षा, कर्मचारीहरुको तलब भुक्तानी लगायतका कामहरु सञ्चालन हुने भएका छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update