Sagun Khabar
बैतडीको सुर्नयामा एक किशोर मृत फेला 

बैतडी –बैतडीको सुर्नयामा एक किशोर मृत फेला परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका ६ मोतीनगरमा १९ बर्षीय लक्ष्मण कुँवर झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

सुर्नया गाउँपालिका ७ पत्थरकोट घर भएका कुँवर मोतीनगरमा पसल सञ्चालन गर्दै आएका थिए । पसलभित्र झुण्डिएको अवस्थामा उनको शव सोमबार फेला परेको थियो । 

शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  
 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update