Sagun Khabar
बैतडी सभाहल निर्माण अलपत्रः ठेकेदार आएनन् सम्पर्कमा, सम्बन्धित निकाय मौन !

बैतडी- बैतडी सभाहल निर्माण कार्य अलपत्र पारेर फरार रहेका ठेकेदार सम्पर्क आएका छैनन् । निर्माणको जिम्मा पाएका ठेकेदार अझै सम्पर्कमा नआएका हुन् ।   ठेकेदार दावा शेर्पा अहिले सम्पर्कमा छैन्न भने उनले  पेटिमा काम गराइरहेका अर्का   ठेकेदारको पनि अतोपतो  छैन । निर्माण सुरु भएको ६ वर्ष बित्नलाग्दा पनि भवन सम्पन्न हुन सकेको छैन् भने  निर्माणको जिम्मा पाएका ठेकेदार सम्पर्क विहिन हुन् । 

यो सभाहल सहरी विकास मन्त्रालयको बजेटमा सहरी विकास तथा भवन निर्माण विभाग डोटीले हेर्ने गरि २०७४ मा  सुरु गरिएको थियो । खामपाते शेर्पा निर्माण सेवा कम्पनी संग २ करोड २३ लाख १४ हजार लागतमा ठेक्का समझौता भएर काम शुभारम्भ भएको थियो । २०७४ साल पुष १८ गते सम्झौता भएर २०७६ असार १७ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो तर  अहिले सम्म निर्माण कार्यले पूर्णता पाएको छैन् ।

भवनको काम अलपत्र पारेर अहिले सम्म ठेकेदार सम्पर्कमा नआएका जिल्ला समन्वय समिति उपप्रमुख दमन बहादुर कुँवरले बताए । सहरी विकास तथा भवन निर्माण विभाग डोटीलाई सम्पर्क गर्दा ठेकातोडेर अर्काे टेण्ड्र निकाल्ने र कम्पनीलाई  कालो सूचीमा राख्ने  तयारीभएको  जानकारी प्राप्त भएको  उनले  बताए । 

बढि जनसंख्या अटाउने जिल्लाकै सबैभन्दा ठुलो सभाहल अलपत्र पर्दा बैठक, सभासमारोह लगायतका कार्यक्रम गर्न  होटेल खोज्नु पर्ने बाध्यता छ ।  दशरथचन्द नगरपालिका वडा नं ४ गढी टुडीखेलको छेउमा निर्माण भइरहेको सभाहल वर्षाै देखि अलपत्र हुँदा पनि सम्बन्धित निकायले  ठेकेदारलाई कारबाही गर्न सकेको छैन् । अलपत्र सभाहलको अहिले छत भत्कीन थालेको छ । 

दुई तले उक्त भवनको  छत अहिले जीर्ण भएर  सिमेन्टका टुक्रा, टाक्रि झर्न थालेका छन् । दुइ तले भवनको माथि छत हालिएको छ तर वालको काम सम्पन्न भएको छैन् । सभाहलको छत भत्कीन सुरु भएर  छतमा प्रयोग भएका सरिया सिमेन्ट झर्न थालेको छ । यो योजनामा तीन पटक म्याद समेत थप भइसकेको छ । योजनामा २०७८ चैत ३० गते अन्तीम पटक म्याद थप भएको थियो ।  सरोकारवाला निकायले ध्यान नदिदा भवन अलपत्र परेको नागरिकहरुको गुनासो छ ।  

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update