बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ मेलडुङराका ३७ बर्षीय बल्देव भट्ट लडेर गम्भीर घाइते भएका छन् । हाल कैलालीको घोडाघोडी नगरपालिका ४ सुख्खड बस्दै आएका भट्ट लडेर गम्भीर घाइते भएका हुन् । उनको टाउकोमा गम्भीर चोट लागेको भट्टकी श्रीमति पार्वती अवस्थी भट्टले बताइन् ।
यही वैशाख १४ गतेका दिन लडेका भट्टको धनगढीस्थित कैलाली अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोको अप्रेशन गरेको भएपनि होसमा भने आएका छैनन् । लडेर गम्भीर घाइते भएका भट्टको उपचारमा आर्थिक समस्या भएको उनकी श्रीमति पार्वतीले बताइन् ।
अहिले सम्म ७ लाख बढी उपचारमा खर्च भइसकेको र थप उपचारका लागि आफूसंग आर्थिक श्रोत नहुँदा सहयोग खाँचो रहेको उनले बताइन् । घाइते भट्टका तीन सन्तान रहेका छन् । आर्थिक अवस्था कमजोर भएका भट्ट परिवार अहिलेको समयमा सहयोगको अपिल गरिरहेका छन् । पार्वतीले भनिन् ‘मैले मेरो श्रीमानको प्राण रक्षाका लागि सबै महानुभावनहरुसंग अपिल गर्छु । यो अप्ठ्यारो परिस्थतीमा सहयोग गरिदिनका लागि सबैमा अनुरोध गर्दछु ।’
जन्मेको ६ महिनामै बुवा गुमाएका भट्टको घरमा वृद्ध आमा रहेका छन् । आफ्नो छोराको प्राण रक्षाका लागि सहयोग गरिदिन उनले पनि आग्रह गरेकी छिन् । भट्टको उपचारमा १२ लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ । परिवारसंग त्यति खर्च नभएकाले सहयोगको अपिल गरिएको हो ।
सहयोग गर्नुहुने महानुभावहरुले कुमारी पार्वती अवस्थीको नाममा एनएमबी बैंक सुख्खड कैलाली शाखामा रहेको खाता नम्बर १८७०१६५००५७०००१७ मा सहयोग गर्न सक्नेछन् । यस्तै पार्वतीको मोबाइल नम्बर ९८६३४६७२२४ मा समेत सम्पर्क गर्न सकिनेछ ।
सहयोगी महानुभावहरुले तलको खातामा रकम जमा गर्न सक्नुहुनेछ
Bank - NMB Bank ltd.
Name - KUMARI PARBATI AWASTHI
A/C NO . 1870165005700017
BRANCH - SUKKHAD Kailali





