Sagun Khabar
बैशाखमा चिसो !

बैतडी–लगातारको झरीले बैतडीका उच्च लेकाली क्षेत्रहरुमा चिसो बढेको छ । वैशाख महिनाको मध्यतिर परेको झरीले उच्च क्षेत्रहरुमा चिसो बढेको स्थानीयहरुले बताएका छन् । यो बर्ष वैशाखको महिना समेत पुस माघको जस्तो जाडो भएको उनीहरुको भनाइ छ । 

लगातार तीनदेखि परिहेको झरी तीन दिन अझै लम्बिन सक्ने मौसमविद्हरुले अनुमान गरेका छन् । झरी परेसंगै उच्च क्षेत्रमा चिसो बढेको छ । 

बैतडीको सतबाँझ, मुस्याचोर, खोड्पे, श्रीभावर, सिगास लगायतका क्षेत्रमा जाडो बढेको स्थानीयहरुले बताएका छन् । यो बर्ष वैशाखमा परेको झरीले निकै जाडो बढेको मुस्याचोरका व्यापारी मानबहादुर टेरले बताए । 

लगातारको बर्षाले किसानहरुले गहुँबाली समेत भित्र्याउन पाएका छैनन् । गहुँबाली पाकीसकेको भएपनि बर्षाका कारण भित्र्याउन नपाएको सुर्नया ४ का हरिसिंह महराले बताए । उनले भने ‘बर्षाका कारण गहुँबाली भित्र्याउन निकै समस्या भएको छ । पाकेको गहुँबाली भित्र्याउन नपाउँदा निराश भएका छौं ।’
 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update