Sagun Khabar
सुदूरपश्चिम सहित  चार प्रदेशमा आज पनि  चट्याङ्गसहित वर्षाको सम्भावना

बैतडी- सुदूरपश्चिम सहित  चार प्रदेशमा आज पनि  चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। आज दिउँसो सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा सामान्य बदली रही चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको हो ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

आज राति देशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै देशका बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का  देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update